तुलसीपुर, १४ कार्तिक । घर अगाडी फोहोर गर्नेलाई कारवाही नगर्दासम्म सरसफाई अभियान प्रभावकारी नहुने सरसफाई अभियन्ताहरुले वताएका छन् । तुलसीपुरलाई स्वच्छ र सुन्दर नगरका रुपमा विकास गर्ने लक्ष्यका साथमा सञ्चालन भइरहेको हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको अभियानमा निरन्तर सक्रिय भइरहेकाहरुले यो कुरा वताएका हुन् ।

23113752_10209718938600578_1297452407_nअभियानको ६३ औ हप्ताको कार्यक्रममा वोल्दै मेयर घनश्याम पाण्डेले अभियानले आम मानिसमा सरसफाईप्रति सचेतना वढाउदै लगेको वताउँदै अटेर गर्नेलाई उपमहानगरपालिकाले कारबाही गर्ने योजनामा रहेको पनि वताए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री, वरुवागाउँ टोल विकास संस्थाका अध्यक्ष देवराज धिताल, ज्ञानज्योति एजुकेशन फाउन्डेसका शैक्षिक संयोजक शरद गौतम, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने, अभियानका संस्थापक संयोजक विमल रिजाल लगायतले आफना विचार राखेका थिए ।