तुलसीपुर, ११ कार्तिक । रोटरी क्लब अफ तुलसीपुर सिटिका उपाध्यक्ष शिव श्रेष्ठका छोरा सुबिन श्रेष्ठको स्मृतिमा फलफुल बितरण गरिएको छ ।

20171028_105001घोराही उपमहानगरपालिका वडा न. १६ स्थित तरौटेमा रहेको वृद्धाश्रममा पुगेर रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष तुफाबाबु श्रेष्ठले १७ जना वृद्धवृद्धाहरुलाई फलफुल बितरण गरेका हुन् ।

व्यवसायसंगै सामाजिक सेवामुलक कार्यमा पनि रुचि राख्ने श्रेष्ठको सम्मान स्वरुप फलफूल बितरण गरिएको थियो । तुलसीपुर क्षेत्रमा युवा व्यबसायीको रुपमा आफ्नो पहिचान बनाउदै गरेका श्रेष्ठको कार्तिक ५ गते ३३ वर्षको उमेरमा निधन भएको थियो ।