
देशले छिमेकीलाई सधै हिम-जल पठाउछ,
बदलामा छिमेकीले यता राइफल पठाउछ,
जलिरहेछ बस्ती यहँ पहिचानको आगोले,
निभाउन राज्यले पेट्रोलभरी दमकल पठाउछ,
युवा पलायन गराउने सरकारकै रणनीति हो,
सत्तामा मस्ती गर्न बाकीलाई जंगल पठाउछ,
हाम्रो पसिनाले रिसोर्टमा छलफल चलाएर,
फलजति आफै घिची गाउमा छल पठाउछ,
ऋण गन्दै र दिन गन्दै बस्दै गर्दा घरदेशमा,
परदेशबाट परदेशीले मात्रै गजल पठाउछ।।।











