संजय कुशवाहा
नवलपरासी ९ कार्तिक । नवलपरासीको दक्षिणी भेगहरूमा छठ पर्वको प्रियता बढेको छ ।
तराईहरूको केही जिल्लाहरूमा मनाउने छठ पर्व अहिले समावेशी पर्वका रूपमा प्रचलित हुदै गएको छ ।विहिवार देखि सुरु भई शनिबार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा नवलपरासीको विभिन्न ठाउहरू परासी ,महेशपुर,भुजहवा,गुठी सुर्यपुरा ,गुठी परसौनी,पक्लिहवा,कुडिया लगायतका क्षेत्रहरूमा रहेको ताल,तलैया,नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिएको छ ।
कार्तिक मास शुक्ल पक्षको षष्ठीका दिन यो पर्व हरेक साल मनाउने गरेको छ ।धार्मिक सदभावको रूपका स्थापित हुदै गरेको छठ पर्व हिन्दु समुदाय मात्र नभई मुस्लिम लगाएत हरूको सहभागीता रहेको हुदा बिगतको दिन भन्दा छठ पर्व हरेक वर्ष वृद्धि हुँदै गएको देखिन्छ ।
यो पर्वमा हरेक समुदायको चासो बढदै गएको देखिन्छ ।छठ पर्व सुर्यको अराधाना र उपासना गरि मनाउने गरिएको छ ।
जिल्लाका विभिन्न जात जातीहरू समेत छठ पर्व मनाउने गरेका छन ।यो अवसरमा पुजाको लागि घर-घरमा विषेश त्यारी समेत गरिएको छ ।
