संजय कुशवाहा
नवलपरासी ९ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठी परसौनी द्वारा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
हिन्दुहरूको महान छठ पर्वको अवसरमा आज बिहान प्रतापपुर गाऊपालिका वडा नं ६ (झुलनीपुर) मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठीपरसौनी र स्थानिय ब्यपारीहरुको संयुक्त आयोजनामा गुठी परसौनी छोटी भन्सार कार्यालय देखी मुख्य नाका दशगजा सम्म र गनडक नदिको किनारमा भएको छठ स्थल सम्म सरसफाई गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी नयाब निरीक्षक विश्व जित खवासले जानकारी दिनु भयो ।
सरसफाई कार्यक्रममा करिब २९ जनाको संयुक्त सहभागिता रहेको थियो ।
