बेइजिङ, ८ कार्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङ पुनः कम्युनिस्ट पार्टी (सीपीसी) को महासचिवमा निर्वाचित भएका छन् ।

c jigpingसीपीसीको १९ औं महासभाले बुधबार बिहानको विस्तारित बैठकले दोस्रो पाँच वर्षे कार्यकालका लागि उनलाई पुनः निर्वाचित भएको घोषणा गरेको हो ।

बैठकमा राष्ट्रपति सीले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गरे । घोषित स्थायी कमिटीमा प्रधानमन्त्री ली खछ्याङ, ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ लिजी र हान चाङ छन् ।