पाण्डव शर्मा
दाङ । अभिभावकबाट टाढिएर सडकमा बास बनाएकी एक बालिकाले सहारा पाएकी छन् । दाङ शान्तिनगर गाउँपालिका १ खिलतपुरमा बेवारिसे अबस्थामा बालिका फेला परेपछि स्थानीयले प्रहरीलाई बुझाएका थिए । ती बालिकाले आफ्नो एकीन नाम थर बताउन सक्दैनिन् । प्रहरीले लामो समय बालिकालको अभिभावको खोजि गरेपनि कोही आफ्न्त नभेटिएपछि समस्या परेको थियो ।

22790130_1477104155743070_1170869111_oप्रहरीले असहाय बालकालिका सम्बन्धी काम गर्ने संस्था विजौरी स्थित श्री असहाय बालविकास नेपाल दाङलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका नायव प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले असहाय बालविकास नेपालका प्रमुख विष्णु चौधरीलाई बालिका जिम्म लागाएका हुन् । बालिकाको अभिभाव सम्पर्कमा नआउँदा सम्म संस्थाले ती बालिकाको पालन पोषण गर्ने छ । संस्थामा हाल १४ जना अभिभावक विहिन बालबालिका छन् । अब त्यस्ता बालकालिकाको संख्या १५ पुगेको छ ।

असहाय बालबालिकाको सहायताका लागि संस्था खोलिएको प्रमुख चौधरीले बताए । उनले यस्ता बालबालिकाको व्यवस्थापनमा उपमहानगरपालिकाले ध्यान दिनुपर्ने धारणा व्यक्त बताए । ‘बालबालिकको नाममा करोडौं बजेट विनियोजन हुँदै आएको छ तर, त्यो बजेट हुने खाने वर्गका बालबालिकाले प्रयोग गर्दै आएका छन् ।’ चौधरीले भने ।

सरकारले यस्ता असहाय बालबालिकाको संरक्षणका लागि आँफै पहल गर्नुपर्ने अथवा यस सम्बन्धी काम गर्ने संस्थालाई बजेट सहयोग गर्नुपर्ने उनको भनाई छ । असहाय बालबालिकाको पालन पोषणका लागि सहयोग गर्न चाहने दाताहरुलाई समेत संस्थामा सम्पर्क गर्न चौधरीले आग्रह गरे ।