इन्द्रेणी संवाददाता

दाङ ५ कार्तिक । जिल्लाको तुलसीपुरमा चक्कु प्रहार बाट एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा तुलसीपुर १३ साजखुटीका सेतीराम रेउले भएको प्रहरीले जनाएकोछ ।

मृतक रेउलेलाई आइतबार राती आफ्नै फुपुको छोरा बसन्त बहादुर महतराले चक्कु प्रहार गरि गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते रेउलेको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।