इन्द्रेणी संवाददाता

काठमाडौं १ कार्तिक । विनाविभागीय मन्त्री भएपछी पनि माओवादी मन्त्रीहरुले मन्त्रिपरिषद बैठकमा सहभागी हुन सक्ने भएका छन् । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले विनाविभागीय बनाइए पनि माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन सक्ने बताएका हुन् । उनले विनाविभागीय मन्त्रीलाई मन्त्रिपरिषदमा छलफल हुने एजेन्डा पठाइने बताए ।