काठमाडौं १ कार्तिक । उपप्रधानमन्त्री कृष्णबहादुर महराले तोकिएकै समयमा चुनाव गर्ने ग्यारेन्टी भए आफुहरु १ मिनेट पनि सरकारमा नबस्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारीबाट हटाएर माओवादी मन्त्री हरुलाई बिना विभागीय बनाएपछि कृष्णबहादुर महराले यस्तो बताएका हुन् ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लागि चुनावी तालमेल गरी एमालेसँग पार्टी एकता प्रक्रिया अगाडि बढाएपछि देउवाले राप्रपालाई सरकारमा सहभागी गराएका थिए । मंगलबार विहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी प्रधानमन्त्री देउवाले सरकार छाड्न आग्रह गरेका थिए ।
प्रचण्ड पनि सरकार छाड्न तयार भइरहँदा निर्वाचन सार्ने प्रपण्च गरिएको भन्दै माओवादी मन्त्रीहरुले मंगलबार नै पत्रकार सम्मेलन गरी सरकार नछाडने र आफूहरु राजीनामा नदिने बताएका थिए ।