नेपालगंज

३१ असोज । रक्तदानलाई सत्य धर्म शान्ति र प्रेमको प्रतिक मान्न सके मात्र रक्त अभावलाई रोक्न सक्ने एक कार्यक्रमा सहभागिहरुले बताए । नेपाल रेडक्रास सोसाईटी बाँके शाखाको स्वास्थ्य उप समितिले मंगलबार नेपालगंजमा आयोजना गरेको दिपालीको शुभ कामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वयसेवी रक्तदाता एंव राप्रपाका नेता ओम प्रकाश अजादले विज्ञानले मानव उपचारको क्रममा अन्य कैयौं विकल्प दिए पनि रगतको विकल्प दिन नसकेको जिकिर गर्दै मानवीय नाताले रक्तदान गर्न अपिल गर्नु भयो । उहाँले पर्वहरुलाई जसरी हामी हर्षोउल्लासका साथ मनाउने गर्छौ त्यसै प्रकारले रक्तदान गर्ने बानी बसाल्न सक्ने ईश्वरले शक्ति प्रदान गरुन भनी शुभ कामना व्यक्त गर्नु भएको थियो ।

redकार्यक्रममा रेडक्रास बाँकेका प्रमुख निरञ्जना मल्लाले मानव शरिरमा भएको रगत तिन तिन महिनामा रक्तदान गर्दा शरीरिक रुपमा स्वास्थ्य रहने भएकोले रक्तदान गर्न कन्जुसाई नगर्न सुझाव दिनु भएको थियो । मल्लाले सबै धर्मको आ आफनो मान्यता अनुसार पर्ब हुने भएकोले सबै धर्मले रक्तदान गर्ने बारे जनचेतना जगाउन जरुरी रहेको बताउनु भयो ।

क्षेत्रीय रक्त संचार केन्द्र नेपालगंजका प्रमुख उपेन्द्र रेग्मीले निस्वार्थ भावनाले रक्तदान गर्नेहरुको संख्या जुन तरिकाले बृद्धि हुनु पर्ने हो त्यो हुन नसकीरहेको प्रति चिन्ता व्यक्त गर्दै रक्तदाताहरुको संख्या बढाउन तर्फ सबैले ध्यान दिन जरुरी रहेको बताए । उहाँले रक्त संचार केन्द्रमा केही महात्वपूर्ण प्रविधिहरुको अभाव रहेकोले उक्त प्राविधिहरुलाई पूर्ति गर्नका लागि नेपालगंज उपमहानगरपालिका संग माग गरिएको बताउदै प्राविधिलाई सक्दो छिटो खरिदका लागि नगरपालिकाले ध्यान दिन जरुरीरहेको औल्याउनु भएको थियो ।

स्वास्थ्य समितिका अध्यक्ष राकेश श्रीवस्तावले क्षेत्रीय रक्त संचार केन्द्र नेपालगंज र कोहलपुरलाई प्राविधि युक्त बनाउदै स्वयसेवी रक्तदाताको संख्या बृद्धि गर्न तर्फ आफू लागेको बताउनु भयो । उहाँँले आर्थिक अभावका कारण प्राविधिहरु खरिद गर्न कठिनाई भई रहेकोले सहयोग गर्न सबै निकाय संग अपिल गर्दै सबै नेपालीहरुको सुस्वास्थ्यका लागि शुभ कामना व्यक्त गर्नु भएको थियो ।

थर्ड एलायन्स पश्चिम तराईका उप क्षेत्रीय संयोजक,रक्तदाता स्वयसेवी समाजका सचिव एंव स्वस्थ्य समितिका सदस्य आलम खानले रगत तोडनका लागि होईन जोडनका लागि प्रयोग हुनु पर्ने धारणा राख्दै कम्तीमा पनि यस क्षेत्रमा आवश्यक पर्ने रगतको खपत सहज रुपमा हुन सक्ने वातावरण सृजना गर्न सक्नु पर्ने बताउनु भयो ।
शुभ कामना अदान प्रदान कार्यक्रम स्वास्थ्य समितिका अध्यक्ष राकेश श्रीवस्तवको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस बाँके शाखाका प्रमुख निरञ्जना मल्ला,राप्रपाका नेता एंव स्वास्थ्य सुमितिका सदस्य ओम प्रकाश अजाद,गोपी नाथ बैश्य,थर्ड एलायन्सका आलम खान,रक्त संचार केन्द्रका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मी लगायतको सहभागिता रहेको थियो ।