गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो पार्टीले सरकार न छोडने बताउनु भएको छ । मंगलबार गृह मन्त्रालयमा प्रेस सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले चुनाव सार्ने प्रपन्च थाहा पाए पछि, आफुहरुले सरकारबाट न हटने निर्णय गरेको जानकारी गराउनु भयो ।
“तपाईहरुलाई खास बोलाएको सरकार छोडने विषयमा जानकारी गराउन्लाई हो, तर निर्वाचन सार्ने प्रपन्चका बारेमा सुचना पाए पछि अब सरकारबाट बाहिरीदैनौँ,”उहाँले पत्रकारहरुलाई भन्नु भयो ।
“हाम्रो पार्टी नेकपा (माओबादी केन्द्र )ले सरकार छोडने विषयमा विज्ञप्ती समेत तयार बनाई सकेको थियो,” उहाँले थप्नु भयो, “तर चुनाव सार्ने कुरा आए पछि अब हामी सरकार छोडदैनौँ”।
सरकारमा रही रहने नैतिकता हुन्छ त भन्ने प्रश्नको जवाफमा उहाँले भन्नु भयो मुख्य नैतिकता निर्वाचन गराउने हो । प्रेस सम्मेलन अघि गृह सचिव लोक दर्शन रेग्मी, सुरक्षा प्रमुखहरु, मन्त्रालयका कर्मचारीहरु लगायतसँग बोल्दै उहाँले भन्नु भयो मन्त्रालयलाई कोमामा राख्न काम भएको छ ।
“मेरो पार्टीले बाम एकीकरणको प्रस्ताव ल्याउँदा मैले कसरी न स्वाकारने कुरा हुन्छ,” उहाँ प्रश्न गर्नु भयो, “के राष्ट्र र जनताका पक्षमा एकता गर्न पाईदैन”?
उहाँले छोटो प्रेस सम्मेलनका क्रममा चुनाव कुनै पनि हालतमा सार्न न दिईने कुरामा जोड दिनु भयो ।