इन्द्रेणी संवाददाता
दाङ १ कार्तिक । उत्सर्ग फिल्मस नेपालले आफ्नो उत्सर्ग डान्सिङ स्टारको चौथो संस्करणमा चर्चित लोकदोहोरी गायीका कोमल वली र पत्रकार केशरमान बुढाथोकीलाई पुरस्कृत गरेको छ ।

komal oli & kesharman bc

गीत संगीत तथा कला क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उत्सर्गले गायीका वली लाई रु १५ हजार सहित प्रमाणपत्र र दोसल्ला ओडाएर पुरष्कृत गरेको हो ।यसैगरी पत्रकार केशरमान बुढाथोकी लाई पनि उत्सर्ग रंग पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । पत्रकार बुढाथोकी लाई नगद रु ५ हजार सहित प्रमाणपत्र र दोसल्ला ओडाएर पुरष्कृत गरेको छ । पत्रकारिताका माध्यमबाट रंग क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार बुढाथोकी लाई उत्सर्गले पुरस्कृत गरेको उत्सर्ग फिल्मस नेपालका प्रबन्ध निर्देशक केएल पीडितले बताएकाछन ।