दाङ, ३१ असोज । वडा प्रहरी कार्यालय घोाराहीले १३ जना जुवाडेलाई पक्राउ गरेको छ । सोमवार राति घोराही उपमहानगरपालिका– १३ रानीजरूवाबाट १३ जना जुवाडेहरूलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

juwadeप्रहरीको टोलीले उनीहरूलाई राति करिब ११ बजेको समयमा नगद १ लाख ४२ हजार रूपैयासहित पक्राउ गरेको जनाएको छ । उनीहरूलाई जुवा एेन अनुसार कारवाही गरिने प्रहरीले बताइको छ ।