काठमाडौं, ३१ असोज । मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे सवै विषय टुङग्याउने भन्दै नेकपा एमालेले काठमाडौंको गोकर्ण रिसोर्टमा आवासीय बैठक बोलाएको छ ।
गोकर्ण रिसोर्टमा हुनलागेको सो स्थाइृ समिति बैठकमा उम्मेदवार छनोट, घोषणापत्र निर्माण र एमाले माओवादी कार्यगत एकताबारे छलफल हुने एमाले सचिव योगेश भटराईले बताएका छन् ।