गोरखा ३१ , असोज । देशभरी कहि कतै पार्टीका कुनै सदस्यले चुनाव जित्ने स्थिती नदेखिएपछि दौडिएर बाम गठबन्धनमा पुगेका नयाँशक्तिपार्टीका संयोजक डा. बाबुराम भट्टराई अन्तत् त्यहाँपनि आफ्नो व्यक्तिगत फाइदा नदेखेपछि काग्रेसको शरणमा पुगें ।
बामगठबन्धनमा हारगुहार गर्दा पनि गोरखा क्षेत्र नम्बर २ बाट टिकट नपाउने निश्चित भएपछि आफुलाई झुक्याइएको भन्दै काग्रेसको शरणमा पुगेका भट्टराईले यति बेला काग्रेससंग चुनावी तालमेल गरी गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जित्ने दाउँमा छन् तर पनि त्यो उनका लागि फलामको चिउरा चपाए सरह हुने निश्चित छ । बामगठबन्धनमा पुगे लगत्तै काग्रेसलाई जरै देखि उखेलेर फाल्नुपर्छ भन्ने अभिव्यक्ति दिएर आफुलाई अर्को पटक पुनः अपरिपक्व नेताको रुपमा चिनाएका भट्टराई अबसरको खोजीमा आफ्नो गठबन्धनमा जोडिएको कुरा नेपाली काग्रेसका सच्चा र इमान्दार कायकर्ताले राम्रोसंग बुझेका छन् । त्यसको बदला लिन ति इमान्दार काग्रेसका कार्यकर्ता यतिबेला चुनाव कुरिरहेका छन् । अर्को तिर लामो समय सम्म भट्टराईलाई साथ दिएका गोरखाका नयाँ शक्तिपार्टीका इमान्दार नेता कार्यकर्ताहरु पनि यतिबेला उनिसंग रुष्ट छन् ।
किनकी भट्टराईले पार्टीलाई जिताउन होइन आफु चुनाव जित्नका लागि आन्तरिक छलफल र सरसल्लाह नै नगरी बामगठबन्धमा पुगे । त्यति मात्र होइन हिजो आखाँ चुनाव चिन्हका लागी सडक आन्दोलनमा समेत उत्रिएका भट्टराईले फेरी त्यही चिन्हमा आफु चुनाव जित्नमा ढुक्क हुन् सकेनन् र एमालेको सुर्य चिन्हमा उठ्ने उद्घोष गरे यसबाट भट्टराईमा बोलीको कुनै ठेगान रहेनछ भन्ने आफ्नै कार्यकर्ताले राम्रो संग बुझे जसले आफ्नै कार्यकर्ताहरुलार्ई समेत निरास बनाए ।
बाबुरामलाई क्षेत्र नम्बर २ मा टिकट दिने कुनै आधार थिएन :
बामगठबन्धनमा भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ दिन सक्ने कुनै आधार थिएन । बाबुरामले ठानँे म बाबुराम भएकाले मैले सो क्षेत्र टिकट पाउनु पर्छ तर बास्तबिकता त्यस्तो थिएन । स्थानिय तहको निर्वाचनको मतलाई आधार मान्ने हो भनेपनि सो क्षेत्रमा नयाँ शक्तिको मत ७ हजार ९ सय मात्र हो जहाँ माओबादी केन्द्रको मत १७ हजार ८ सय ८४ छ । गोरखामा नयाँशक्तिको दुवै निर्वाचन क्षेत्रको मत जोड्दा पनि माओबादीबादी पार्टीको एउटा निर्वाचन क्षेत्रको मत जति पनि पुग्दैन भने उसलाई के आधारमा गोरखा त्यसमा टिकट दिन सकिन्थ्यो ।
के गृह जिल्ला भएकाले टिकट दिनुपर्थ्यो ?
गोरखा बाबुरामको गृह जिल्ला हो तर गोरखा गृह जिल्ला भएकैले भट्टराईलाई टिकट दिनुपर्ने हो भने नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल गोरखा जिल्लाकै हुन् उनि पनि बामगठबन्धनमा आएका छन् उनका लागि किन दिनु नपर्ने ? माओबादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि गोरखा कै हुन् उनले दावी गर्दा किन आफुलाई सिध्याउन खोजेको आरोप लाग्ने ? नारायणकाजी श्रेष्ठले अघिल्लो संविधानसभाको चुनावमा तिनै भट्टराईका लागि छाडेर आफु पार्टी कमजोर भएको मकवानपुर जिल्लाबाट उठेकै हुन् त्यसको गुन भट्टराईले तिर्नुपर्दैन ? आफुले टिकट पाए सबै सहि र अरुले पाए सवै गलत भन्ने भट्टराईको सोच जडसुत्रबादी सोच हो ।
तेस्रो कुरा :
भट्टराई र उनका सर्मथकको अर्को दावी गोरखामा बिकास निर्माणमा भट्टराईले खेलेको भूमिका कारण पनि चुनाव जित्छ । त्यही ठानेर भट्टराईले चुनाव लडेका हुन् भने त्यो उनको दिवा सपना मात्र हुनेछ । हिजो गोरखामा बिकास निर्माणको जे जति काम गरे त्यो भट्टराईले होइन् तत्कालिन पार्टीले गरेको हो भन्ने जनताले बुझेका छन् । भट्टराई त पात्र मात्र हुन् यदि भट्टराईले नै थिए भने आज नयाँ शक्तिपार्टी नेपाल गठन गरेपछि गोरखाका लागि उनले कति काम गरे त्यसको लेखाजोखा गोरखाका जनताले गरी सकेका छन् । बरु संबिधान सभाको चुनावमा जिताएर पठाएका भट्टराई पोइला गएर आफ्नै मतदाताको बिचल्ली पारेको गोरखाका जनतालाई राम्ररी थाहा छ ।
चौथो कुरा दुरदर्शी नेता :
भट्टराईले आफुले आफैलाई दुरदर्शी र बौद्धिक नेता ठानेको भएपनि उनी अत्यन्तै ढोंगी नेता हुन भन्ने कुरा जनताले बुझेका छन् । आफ्नो पार्टीको भोलीको भविस्य नेदेख्ने नेताले देशको भविष्य देख्ला भनेर जनताले कसरी बिश्वास गर्ने वामगठबन्धनमा जानु अघि उसले आफ्नो पार्टीको अबस्था र भोली हुने चुनौतीका आंकलन समेत गर्न सकेनन् जसका कारण आफैले ऐतिहासिक भनेको निर्णय भनेको बामगठबन्धनबाट भोली पल्टै बाहिरिनु प¥यो र आफैले मुख्य शत्रु भनेको काग्रेसको शरणमा पुग्नु प¥यो । त्यस्तो नेतृत्वबाट अब जनताले के आशा राख्न सक्छ ।
नारायणकाजीले केही नगरेकाले म जित्छु :
भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा आफुले जित्ने आधार अर्को आधार नारायणकाजी श्रेष्ठले गोरखामा केही गरेनन् त्यस कारण म चुनाव जित्छु भन्ने दावी छ । हिजो पार्टी एउटै हुदा भट्टराईले गोरखालाई आफ्नो पेवा ठानें । गोरखाका कुनै पनि बिकास निर्माण त सामान्य कार्यक्रममा भाग लिन समेत नारायणकाजी श्रेष्ठलाई रोक्ने काम तिनै भट्टराईले गर्ने गर्थे । जिल्ला बिकास समितिको बार्षिक योजना तर्जुमा सार्वजनिक गर्ने कार्यक्रमको प्रमुख अतिथि श्रेष्ठलाई ल्याउने निर्णय भए लगत्तै आफ्ना कार्यकर्तालाई लगाएर निर्णय पुस्तिका च्यात्न लगाउने र श्रेष्ठलाई गोरखा आउन रोक्ने तिनै भट्टराई हुन् । अनि तिनैलाई गोरखामा नारायणकाजीले केही गरेन भन्ने नैतिकता कसरी हुन्छ ?
माथी उल्लेख गरिएका यि सवै आधारलाई हेर्दा गोरखा जिल्लामा डा. भट्टराईको चुनाव जित्ने कुनै आधार छैन । बाबुराम भट्टराईले गोर्खाली जनताको बिश्वास गुमाई सकेका छन् । प्रतिनिधिसभाका लागि गोरखा क्षेत्र नम्बर २ मा मुख्य प्रतिस्पर्धी काग्रेसका उमेद्वार भएका हिसावले भट्टराई नै भएपनि चुनावी माहोल श्रेष्ठको पक्षमा देखिन्छ । सामान्य जनता मात्र होइन चुनावको मुखका उन कार्यकर्ताहरु समेत भट्टराईले आफुहरुलाई भ्रम छरेको आरोप लगाउन थालेका छन् । गोरखा जिल्लामा काग्रेस यति बेला बलियो शक्तिको रुपमा देखा परेको भएपनि केन्द्रमा नयाँ शक्तिसंगको चुनावी तालमेल पछि स्थानिय कार्यकर्ताहरुमा निरासा छाएको छ । उनिहरुले केन्द्रका नेताहरुले जिल्लाका कार्यकर्ताहरुले गरेका त्याग तपस्या बलिदान भुलेको भन्दै सहयोग गर्न नसकिने बताउन थालेका छन् । यसकारण भट्टराई काग्रेस शतप्रतिशत मत आउने सम्भावना अत्यन्तै कम छ । काग्रेसका शत प्रतिशत मत आउदा समेत कमजोर देखिने भट्टराईले चुनाव जित्नै सम्भवना कम नै रहेको बिश्लेषकहरुको भनाई छ ।
