काठमाडौं, ३१ असोज । नेपालीको दोस्रो महान् चाड तिहार आजदेखि शुरु भएको छ । हिातरको पहिलो दिन आज (यमपञ्चक) अर्थात काग तिहार। कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागको पूजासँगै तिहार सुरु भएको हो ।

kagबडा दसैंको १५ दिनपछि सुरु हुने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई ९लक्ष्मी०, गोरु ९गोवद्र्धन० र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटीका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । पाँच दिन मनाइने काग, कुकुर, गाई लक्ष्मीपूजा, गोरु गोवद्र्धनपूजा र भाइटीकाबारे हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ।

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशी अर्थात् मंगलबार चलाख एवं सर्वभक्षी पन्छी कागको पूजा गरिन्छ । यमराजको दूत मानिएको कागले सबैलाई समान दृष्टिले हेर्छ र अन्नबालीमा लाग्ने कीरा फट्यांग्राहरू खाइदिन्छ भन्ने मान्यता छ। बिहान कागलाई बोलाएर फूलले पूजा गरी खानेकुरा दिने चलन छ ।