इन्द्रेणी सम्वाददाता 

असोज ३१ । एभरेष्ट कन्सर्ट ३ सागर धमाकाका लागि मलेसियामा रहेका सागर आले लाई पछिल्लो समय निकै विवादमा पर्ने गरि विभिन्न ब्यक्ति र संघ संस्था लागेको बन्दै मगर संघ मलेसियाले आपत्ति जनएको छ ।

22563703_2043232975705484_1255740168_o

संघ आफै आयोजक रहेको कार्यक्रम मलेसियाको तीन ठुला शहरमा हिजो पहिलो कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ । तर हिजै आयोजको जानकारी बिनै पोटकेलाङमा पनि सागर आउने भन्दै कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा राती १० बजे सम्म पनि सागर आले लगाएतको कलाकार नपुगे पछि दर्सकले आयोजक लाई बोटलले प्रहार गर्नुका साथै आफैले बनाएर ल्याएको सागरको तस्बिर जलाएको बताइएको छ । मगर संघले पोटकेलाङको कार्यक्रम बारे आफुहरु लाई कुनै जानकारी नभएको र सागर आलेले तीन स्थानको कार्यक्रम बाहेक अरुमा सहभागी नहुने पुर्व सहमती भएको समेत जनाएको छ ।

साथै यस घटना हुनुमा प्रमुख जिम्मेवार दिपक शुनाखरी मगर र पोटकेलाङमा भएको कार्यक्रमका आयोजक तिलोचन गौतम नै जिम्मेवर रहेको बताएको छ । आयोजक लाई थाहै नहुनेगरी मौखिक सहमती गर्ने र पछि संघ र गायक सागर आलेको बदनाम गराउने कार्य भएकाले सुनाखरी र गौतमलाई स्पस्टिकरण दिनु पर्ने र नदिए कानुनी कार्वाही अगाडि बढाउने चेतावनी समेत संघले जनाएको छ । साथै शुनाखरी नेपाल मगर संघ मलेसिया संग कुनै सम्बन्ध नरहेको जनाएको छ। संघले मलेसियामा हुन लागेका अन्य कार्यक्रमका ब्यानरहरुमा सागर आलेको तस्वीर राखेर ब्यापर गर्न खोजेको आरोप पनि लगाएको छ ।

पोटकेलाङमा भएको घटना पछि संघ र सागर आले प्रती सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ । यस घटना बाट सागर आलेको मानहानी हुन पुगेकाले सत्य तथ्य तत्कालै पत्ता लागाई दोषी लाई कार्वाही गर्ने समेत संघले जनाएको छ । सत्यतथ्य नजानी अनाहकमा सागर आले लाई गाली नगर्न संघले अनुरोध गरेको छ । त्यस्तै आफ्नो कार्यक्रमको ब्यानर पोस्टरमा सम्बन्धि संघ संस्था वा ब्यक्तिको अनुमती बिना तस्बिर नराख्न अनुरोध गरेको छ भने सागर आलेको र तस्बिरभएको पोस्टर तल्कालै हटाउन समेत संघले अनुरोध गरेको छ ।

साथै शुनाखरी नेपाल मगर संघ मलेसिया संग कुनै सम्बन्ध नरहेको र अब साधरण सदस्य समेत नरहने संघले जनाएको छ। संघले मलेसियामा हुन लागेका अन्य कार्यक्रमका ब्यानरहरुमा सागर आलेको तस्वीर राखेर ब्यापर गर्न खोजेको आरोप पनि लगाएको छ ।