चन्द्रौटा कपिलवस्तु । कपिलबस्तुको बुद्वभुमि नगरपालिका मा रहेको कृषकहरुलाई उन्नत विउ वितरण गरिएको छ । पुल्चोक इमिलिया स्थित पुलचोक कृषि सहकारि संस्था लिमिटेडको आयोजना र कृषि अनुसन्धान परिषद कोशेबालि अनुसन्धान कार्यक्रम खजुरा वाके को सहयोगमा सो वितरण गरिएको हो ।

22497622_2011722372391107_244904641_nसहकारी  सस्थाका ११२ जना उत्कृष्ट कृषक तथा सेयर सदस्य हरूलाई प्रति ब्यक्ति ५ केजि का दरले मसुरो ,चना र सूक्ष्म जैबिक मल बितरण सगै राईजोवियम जीवाणु मल र यसको प्रयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो छ । नमुना परिक्षणको रूपमा अनुसन्धान गर्ने र कृषकलाई सहि बीउ उपलब्ध गराउन का साथै आगामि दिनमा थप अन्य बीउ बिजन बितरण गर्नेे उदेश्य ले बीउ बितरण गरिएको सस्था का अध्यक्ष कमल प्रसाद अधिकारी ले जानकारि दिनुभयो ।