काठमाडौं, २६ असोज। नेकपा (मसाल) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल नगर्ने निर्णय गरेको छ ।

mohan bikramनिर्वाचनमा तालमेलका लागि लोकतान्त्रिक र वाम दुवै गठबन्धनसँग वार्ता गर्दै आएको मसालले सरकारले संविधान संशोधन विधेयकलाई पुनःपेस गर्ने सोच राखेको तथा निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी मन्त्रिपरिषद् विस्तार गरेकाजस्ता घटनाका कारण आफूहरु वामपन्थी गठबन्धनमा जान तयार रहेको नीति तय गरेको जनाएको हो ।

सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको विज्ञप्तिमा वामपन्थीहरुसँग तालमेल नभएमा एक्लै पनि चुनाव लड्ने उद्घोष गरिएको छ । रासस