काठमाडौँ, २६ असोज । नयाँ सक्तिबाट एमाले माओवादीसहितको वाम गठबन्धनमा मिसिएका डा. बाबुराम भटटराईले गठबन्धनबाट वाहिरिने चेतावनी दिएका छन् । प्रदेश र प्रतिनिधिसभाको को कहाँबाट निर्वाचनमा उठ्ने भन्ने विषयको टिकट वाँडफाँटमा कुरा नमिलेपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

Baburam_Bhattaraiवाम गठबन्धनको टिकट बाँडफाँडका लागि कार्यदल बनेको एक साता हुन लाग्दा पनि अहिलेसम्म कति प्रतिशत उम्मेद्वार नयाँ शक्तिलाई दिने भन्ने विषय टुंगिएको छैन । प्रतिशत नटुंगिएको भन्दै टिकट बाँडफाँड कार्यदल बैठक समेत नयाँ शक्तिका नेताहरुले वहिस्कार गरेका छन् ।

नयाँ शक्तिले पार्टीलाई १५ प्रतिशत सीटको माग गरेको थियो । तर अहिलेसम्म उसले एउटा पनि टिकट नपाएपछि गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेको छ । स्रोतका अनुसार नयाँ सक्तिका संयोजक बाबुराम भटटराई गोरखाबाट चुनावमा भाग लिने मनसायामा थिए तर सो जिल्लामा माओवादीले नछोठने अडान राखेपछि नयाँ सक्तिमा असन्तुष्टि पैदा भएको हो ।