नेपाल सुनको पलङमा लम्पसार परेर द्रव्यको भिक्षा मारिहेछ, कस्तुरी जस्तै सुगन्धको लागि देश दुनियाँ चाहारिरहेछ । पर्यटकीय संभावना नै संभावना भएर पनि गलत शासकको हातमा सत्ता पुग्दा नेपाली भनेको को नै गरिब भन्ने संसारभर हल्ला छ तर प्रकृतिले अद्भुत सम्पदाहरु हाम्रै घर आँगनमा थुपारिदिएको छ, संसारभरका मानिसहरु यहि प्रकृतिले दिएको सुनको पलङलाई नजर लगाउन आतूर छन्, यद्यपी गतिलो विमानस्थल, गतिलो सडक, गतिलो होटेल , गतिलो र सुरक्षित पदमार्ग मात्रै हामी बनाउन सक्ने हो वा सुधार ल्याउन सक्ने हो भने घर आँगनमै डलर आउन कुरा कसैका तागतले छेक्न सक्तैन भन्ने तथ्यहरु धेरै छन् । तर मुलकको सशक्त शक्तिी राजनीति र मिडियाले कहिले पनि पर्यटन क्षेत्रको सवाललाई प्राथमिकिकरण गर्न सकेन ।

dhaniram sharma

धनिराम शर्मा ( ऋतुविचार )

नेपालमा करिब ६ दशकदेखि पर्यटन उद्योगको विकासको लागि नीतिगत योजनाहरु बन्दै आए, ६ दशकदेखि नै पर्यटनको विषयमा धेरै गीत गाइएपनि नेपालको पर्यटन उद्योगले अझै आशातित उदेश्य हासिल गर्न सकेको छैन, यतिबेला विश्व पर्यटन दिवस मनाउन थालेको पनि ३८ औ हुदैछ, तर नेपालको पर्यटन क्षेत्र उकासिन सकेको छैन, विश्वका दश उत्कृष्ट गन्तव्यको सूचीमा पर्ने नेपाल पर्यटन क्षेत्रमा किन सुधार आउन सकेन भन्ने गम्भिर प्रश्न आम पर्यटनसंग चासो र चिन्ता राख्नेहरुको अगाडि ठिंग उभिएको छ ।

विश्व भातृत्व र समृद्धिको सपनासंग जोडिएको पर्यटनले नेपालको आर्थिक समृद्धिको प्रश्नसंग नजिकैको साइनो छ, समृद्धिको आधार पर्यटनको महाउत्सव आज विश्व पर्यटन दिवस ( World Tourism Day ) अर्थात सेप्टेम्बर २७ हो, सन १९० देखि विश्व पर्यटन दिवस मनाउदै आइएकोछ । विश्वस्तरमा नागरिकको जीवनसुधारको लागि पर्यटन एक भरपर्दाे माध्यम भएको महशुस गरि सर्वप्रथम सन १९७९ को सेप्टेम्बर स्पेनमा भएको संयुुक्त राष्टसंघ विश्व पर्यटन संगठन ( UNWTO ) को पहिलो सभाले सेप्टेर २७ लाई विश्व पर्यटन दिवसको रुपमा मनाउने तय गरेको थियो ।

सन १९० मा पहिलो विश्व पर्यटन दिवस मनाइएको पनि ३८ औ वर्षमा प्रवेश गरिसकेको छ , पर्यटन क्षेत्रबाट तल्लो समुदायदखि माथिल्लो समुदायसम्म प्रत्यक्ष आर्थिक लाभ पुराउन पर्यटनको प्रर्वद्धन निर्विकल्प भएको यूएनडब्लुटिओको घोषित नीति तथा कार्यक्रममा उल्लेख छन् । विश्व पर्यटन संगठनले प्रत्येक वर्ष नयाँ नयाँ कार्यक्रमहरु ल्याउने गरेको छ, त्यसै सन्दर्भमा गत वर्ष पर्यटन पहँचको विश्वव्यापीकरण Tourism for All , Promoting Universal Accessibility भन्ने थियो भने यस वर्ष विकासको लागि दीगो पर्यटन (  Sustainable Tourism for Development ) अर्थात ( Sustainable Tourism : A tools for Development ) भनिएको छ ।

विकासको अस्त्र पर्यटन भन्ने नारा विश्वभर वहस बनिरहदाँ नेपालमा भने यस्ले खासै स्थान पाउन सकेन, चुनाउको बेला सधै पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्ने सपना बाँट्ने राजनीतिक दल अन्य समयमा पर्यटनको विषयमा बोल्न त परै जाओस् सुन्न समेत चाहाँदैन, सधै गरिबी विपन्नता र अभावको तलाउमा राजनीतिक भविष्य देख्ने राजनीतिक दल पर्यटनको संभावनालाई परिणाममा बदल्ने नीति र कार्यक्रम बनाउन कहिल्यै सक्रिय देखिएन, जसका कारण नेपालको पर्यटन क्षेत्र निकै कमजोर हुदै गयो, विश्व मानचित्रमा नेपालको पर्यटन बजार ००.३ प्रतिशतमै सिमित हुदै आएको छ,।

कम्तीमा वर्षेनी २५ लाख पर्यटक भित्र्याउने हैसियत राख्ने नेपाल पर्यटन पूर्वाधारको अभावमा दश लाख पर्यटक समेत पुराउन सकेको छैन, पूर्वाधारमा देखिएको राज्यको हेलचेक्र्याइँका कारण विश्वकै उत्कृष्ट गन्तव्य भएर पनि नेपालको पर्यटन बजार बलियो बन्न सकेन, रेमिटान्सको समेत विकल्प दिन सक्ने पर्यटन क्षेत्रलाई राजनीति शक्तिले सधै मजाकको विषय बनाउदै आएको छ, हरेक क्षेत्र र तप्कामा राजनीतिक हस्तक्षेप गर्ने र ती संस्थालाई बर्बादीको चंगुलमा फसाउने वर्तमान राजनीक शक्तिहरु पर्यटन क्षेत्रमा लगानी बढाउने कहिल्यै मन लगाउन सकेनन्। ढाँट र छलको राजनीतिक संस्कारका कारण अन्य क्षेत्र जस्तै पर्यटन उद्योग पनि उभो लाग्न सकेन, पर्यटन क्षेत्रको पनि विकास हुन नसक्दा लाखौ बेरोजगारी सडकमा देखियो, हालसम्म ४ लाख रोजगारी दिएको पर्यटन क्षेत्रले बीस लाख रोजगारी दिने क्षमता राख्छ तर ठोस नीति र कार्यक्रमविहिन शासकहरुको गलत नियतका कारण यस क्षेत्र पनि थला पर्दै आएको छ, मुलुकमा रोजागारी श्रृजना हुन नसक्दा गरिबीका कारण जनताको जीवनस्तर अझै उठ्न सकेन, यतिमात्र होइन पर्यटन उद्योगलाई घराना लक्षित उद्योगको रुपमा बुझ्ने अल्पज्ञानका साथै राजनीतिक शक्तिको गलत नियतले पर्यटन क्षेत्र अझै फस्टाउन नसकेको घाम जस्तै छर्लङ्गै छ ।

तर पर्यटन क्षेत्रले नेपालको कुल ग्राहस्र्थ उत्पादनमा करिब ५ प्रतिशत योगादन गर्दछ अर्थात करिब ४२ अर्व रुपैया पर्यटन क्षेत्रले चोखो आम्दानी गर्ने गरेको पर्यटन मन्त्रालयको तथ्याँकमा उल्लेख छ । पर्यटन क्षेत्रले गर्ने आम्दानी मात्रै यस क्षेत्रमा लगाउन हो भने पनि पर्यटन क्षेत्रले ५ प्रतिशत होइन दश प्रतिशत योगदान दिन सक्छ तर यही कुरा शासकहरुको दिलदिमागमा पुग्ने कहिले यही प्रश्न सचेत नागरिकहरुको दिल दिमागमा उठिरहन्छ ।

सुनको पलङमा निदाईरहेका नेपाल
पर्यटन वहसको सन्दर्भमा पक्तिंकार पूर्व राजदुत डाक्टर महेश मास्केले लेखेको एउटा सन्दर्भ स्मरण गर्न चाहान्छ, महेश मास्केले आफ्नो लेखमा चर्चा गरेजस्तै नेपाल सुनको पलङमा लम्पसार परेर द्रव्यको भिक्षा मागिरहेको छ, पर्यटनको बहुआयामले समृद्ध भएर पनि आज गरिबीको परिचय दिदै भिख माग्ने अवस्थामा पुगेको छ । चीनियाँहरुले एक कार्यक्रममा भनेका कुरालाई डाक्टर मास्केले आफ्नो संस्मरण लेखमा लेखेको कृरालाई यहाँ उदृत गर्दै स्मरण गर्न पंक्तिका पर्यटन वहसको सन्दर्भमा उठान गर्न हिम्मत गरेको हो । उनले भने जस्तै नेपाल सुनको पलङमा निदाएर भिक्षा मारिहेछ, कस्तुरी जस्तै सुगन्धको लागि देश दुनियाँ चाहारिरहेछ ।

संभावना नै संभावना भएर पनि गलत शासकको हातमा सत्ता पुग्दा नेपाली भनेको नै गरिब भन्ने संसारभर हल्ला छ तर प्रकृतिले प्रकृतिका अद्भुत सम्पदाहरु हाम्रै घर आँगनमा थुपारिदिएको छ, संसारभरका मानिसहरु यहि प्रकृतिले दिएको सुनको पलङलाई नजर लगाउन आतूर छन्, गतिलो विमानस्थल, गतिलो सडक, गतिलो होटेल , गतिलो र सुरक्षित पदमार्ग मात्रै हामी बनाउन सक्ने हो वा सुधार ल्याउन सक्ने हो भने घर आँगनमै डलर आउन कुरा कसैका तागतले छेक्न सक्तैन भन्ने तथ्यहरु धेरै छन् नेपाल विश्वभरका मानिसहरुको रोजाईमा परेको तथ्यांक पटक पटक दोहो¥याउन आवस्यक छैन, सन २०१६ को प्रारम्भमा रफ गाइड्सले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन २०१६ का विश्वका दश उत्कृष्ट पर्यटकीय गन्तव्यमा नेपाल पहिलो स्थानमा परेको छ, त्यसैगरि सन २०१६ जनवरीमा नेदरल्याण्डमा भएको अन्तराष्ट्रिय पर्यटन सम्मेलनले पनि नेपाल गन्तव्य सुरक्षित र उत्कृष्ट भएको सन्देश प्रवाह गरिएको थियो, यी घटनाहरु प्रतिनिधिमूलक मात्र हुन् । समग्रमा संसारभरका मानिसहरु कम्तीमा पनि एक पटक नेपाल दर्शन गर्न चाहान्छन् तर त्यसको लागि शासकहरुले पर्यटन मैत्री बाताबरण बनाउन इमान्दारिता देखाउन भने आवस्यक छ

नीतिगत वहस
पर्यटनका बहु आयामले नेपाल वैभव छ, पयार्, सांस्कृतिक र साहसीक पर्यटनमा नेपाल विश्वकै अब्बल मुलुकभित्र पर्दछ, धार्मिक पर्यटनदेखि देखि युद्ध पर्यटनको गन्तव्य हो नेपाल । विश्वका मानिसहरुको सधै रोजाईमा पर्ने नेपालको भने आन्तरिक किचलो, अस्थिर राजनीति, लुट र भ्रष्ट राजनीति र प्रशासकहरुको गलत नियतले नेपालको पर्यटन क्षेत्र उभो लाग्न नसकेको तथ्य बोलिरहनु आवस्यक छैन, तैपनि पर्यटन क्षेत्रको विकासको लागि हालसम्म भएका मुख्यतया नीतिगत वहस के के हुन् भन्ने विषय खोतल्नु आवस्यक छ ।

विगतमा बनेका नीति र कार्यक्रमको विषयको चिरफार गर्दै कार्यान्वयनमा देखिएका समस्याको उजागर गरिनु आवस्यक छ । सन १९५० को राजनीतिक परिवर्तनपछि नेपालमा पर्यटन क्षेत्रको प्रार्दुभाव भएको पाइन्छ, यद्यपी मन्जुश्री नेपाल आएको विषय पनि नेपालको पहिलो पर्यटक भन्ने पनि गरिन्छ तर खास गरि सगरमाथा आरोहणपछि नै नेपालमा पर्यटन क्षेत्रको चर्चा हुने गरेको तथ्य नै बढी व्यवहारिक र वस्तुवादी मान्न सकिन्छ । सन १९९५३ मे २९ मा अष्ट्रेलियन नागरिक एडमण्डा हिलारी र नेपाली नागरिक तेन्जीङ शेर्पाबाट पहिलो पटक सगरमाथाको सफल आरोहणपछि नेपालमा पर्यटन क्षेत्रको उदय भएको पाइन्छ, त्यसपछिका दिनहरुमा राज्यबाट पनि नीगित पहल हुने गरेका छन् सन १९५७ मा उद्योग मन्त्रालय अन्तरगत पर्यटन विभागको गठन गरेपछि नै नेपालमा पर्यटनको विषय चर्चामा आउन थालेको हो । यससंगै प्रथम पन्च वर्षिय योजना सन १९५७–१९६१ मा सरकारले पर्यटनलाई आर्थिक विकासको आधार मानेर थुप्रै कार्यक्रमहरु ल्याउने गरेको छ ।

त्यसैगरि सन १९७२ मा पहिलो पटक दश वर्षे पर्यटन विकासको गुरुयोजना, , सन २०१४ डिसेम्बरमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला सरकारद्वारा ल्याइएको दश वर्षे पर्यटन विकासको गुरुयोजना नेपालको पर्यटन विकासमा निकै अर्थपूर्ण छन् यदपी गुरुयोजना भने कार्यान्वयन हुन सकेको छैन । यसैगरि सरकारले सन २०१६–२०२५ नेपाल पर्यटन विकास रणनैतिक योजना पनि सार्वजनिक गरेको छ, तत्कालीन प्रधानमन्त्री केपी वली सरकारले नेपालको इतिहासमै पहिलो पटक प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय पर्यटन परिषद गठन र प्रचण्ड नेतृत्वको सरकारले चीनियाँ सरकारसंग गरेका ओबिआर कार्यान्वयनको सम्झौताले नेपालको पर्यटन विकासमा केही महत्वपूर्ण योगदान गरको विज्ञहरुको विश्लेषण छ तर अस्थिर राजनीतिको खेतीपातीले जतिसुकै राम्रा नीति र कार्यक्रम बन्दापनि नेपालको समग्र पर्यटन उद्योग उभो लाग्न सकेको छैन । अस्थिर राजनीतिको विकल्प नखोजिदासम्म नेपालको अर्थतन्त्रसंगै समग्र विकास प्रकृया अघि बढ्न सकेको छैन ।

अर्थतन्त्रमा पर्यटन
अर्थतन्त्र र पर्यटन एक अर्कामा सम्बन्धित छन् । अर्थव्यवहार विनाको पर्यटनको कल्पना समेत गर्न सकिदैन, मानवीय आर्थिक कृयाकलापले नै पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने भएकोले पर्यटन इनपुट र आउटपुटको क्रिया हो भनेर भन्न सकिन्छ, विश्व अर्थतन्त्रमा पर्यटन उद्योगको योगदान करिब २५ प्रतिशत रहेको अनुमान गरिएको छ, नेपालको सन्दर्भमा पर्यटन उद्योगको योगदान कुल आयमा ५ प्रतिशत रहेको तथ्याँक छ, यद्यपी लगानीको हिसाबले पर्यटन क्षेत्रमा सरकारले कुल बजेटको ५ प्रतिशत पनि गरेको पाइदैन , तर नीतिगत कुरामा नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएको भन्ने र वहस गर्न भने छुटाइदैन । सन १९५७ देखि योजनावद्ध विकासको आरम्भ भएपछि पर्यटनलाई नीतिगत कार्यक्रम अनुसार प्रवद्र्धन गर्ने कार्य नभएका त होइनन् तर करिब ६ दशकसम्म आइपुग्दा पनि नेपालको अर्थतन्त्रमा पर्यटनको योगदानलाई अभिवृद्धी गर्न सकिएको छैन।

पर्यटन विकासको लागि सरकारी नीति बन्ने तर ठोसरुपमा नीतिको कार्यान्वन हुन नसक्नु, पर्यटन क्षेत्रका अगुवा निकायहरुको निकम्पा प्रवृत्ति, निजी क्षेत्रको निस्कृयता, संचार क्षेत्रको कम प्राथमिकरण र पर्यटन जनचेतना अशिक्षा इत्यादीले पर्यटन उद्योगको सम्भाव्यताको उपयोग हुन सकेको छैन। नेपालको अर्थतन्त्रमा कृषिको योगदान करिब ३६ प्रतिशत रहेको तथ्याँक छ, यद्यपी पर्यटन उद्योगलाई विकासगर्न सके कुल आयमा पर्यटनको योगदान २५ प्रतिशत पुराउन सकिने अर्थ विज्ञहरुको तर्क छ । हाल करिब ४ लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको पर्यटन क्षेत्रमा न्यूनतम दश लाख रोजगारी श्रृजना गर्न सकिन्छ । विद्यमान नेपालको अर्थतन्त्रमा रेमिटान्सको ३२ प्रतिशत योगदान रहेको छ, अर्थविदका अनुसार यो दीगो आर्थिक विकासको आधार नहुने तर्क गरिएकोछ। यद्यपी पर्यटन विकास गर्न सके वैदेशिक रोजगारीको विकल्प नेपालमा दिन सकिने र दीगो समावेशी आर्थिक विकास गर्न सकिने दावी गरेका छन् । यतिमात्र होइन अब रेमिटान्सको विकल्पमा पर्यटन क्षेत्रलाई उभ्याइनुपर्छ जसले राष्ट्रिय स्वाभिमानसहितको आर्थिक विकास र समृद्धिको यात्रा तय गर्न सकोस् ।

मिडिया कम प्राथमिकरण 

लामो राजनीतिक संघर्षपछि मुलुकले नयाँ संविधान प्राप्त गरेको सन्दर्भमा अब राजनीतिक मिसन पत्रकारिता करिब करिब अन्त्य भैसकेपनि नेपाली मिडियाले आर्थिक विकासका आधारहरु कृषि पर्यटन र उर्जालाई खासै प्राथमिकरण गर्न सकिरहेको छैन, राष्ट्रिय मुलधारका मिडियाहरुमा पर्यटनको विषय फाट्टफूट्ट आएपनि स्थानीय मिडियाहरुमा लगभग शुन्य जस्तै छ, एकातिर व्यवसायीक पत्रकरिताको विकास हुन नसक्नु र अर्काे तिर दक्ष पत्रकारको अभावसंगै मिडिया संचालकहरुको अनुदार नीतिका कारण स्थानीय तहमा पर्यटनको वहस शुन्य भएको हो । सर्वत्र राजनीतिले गिजुलिएको मिडिया क्षेत्र उत्तरदायीत्व र विधागत पत्रकारिताको विकास भन्दा राजनीति दलको गुणगानमा केन्द्रीत छ, जसले गर्दा विधाको विकासको कुरा परै जाओस् मिडिया र मिडियामा क्रियाशिल पत्रकारहरुको भविष्य समेत अनिश्चित बनेको छ ।