काठमाडौं, १९ असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा वाम गठबन्धनप्रति असन्तुष्ट भएको हल्ला निराधार भएको स्पष्ट पारेका छन् । महराले केही सञ्चारमाध्यममा आफू वाम गठबन्धनप्रति असन्तुष्ट रहेको समाचार पाहिर आएको र सो समाचार हल्ला र निराधार मात्रै भएको प्रष्ट पारेका छन् ।
अहिलेको आवश्यकता देशलाई आर्थिक समन्नत बनाउनु भएको र यसका लागि राष्ट्रवादी सक्ति एक हुनुका विकल्प नभएको र सोही आधारमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ सक्ति पार्टीबीच वाम गठबन्धभन भएको महराको भनाइ छ ।
नेकपा एमालेसँग आगामी चुनावमा सहकार्य गरेर जानेर त्यसपछि पार्टी एकताको प्रक्रिया अघि वढाउने सहमति भएको र यो राष्ट्रियताको पक्षमा भएको समेत उनले प्रक्रिया दिएका छन् । त्यस्तै अर्का नेता वर्षमान पुनले पनि वाम गठबन्धनप्रति आफू अुसन्तुष्ट भएको भन्ने हल्ला निराधार भएको बताएका छन् । यो हल्ला नेकपा माओवादी केन्द्रभित्र कसरी फुट ल्याउन सकिन्छ र आफूले त्यसको फाइदा लिन सकिन्छ भन्ने ध्ययका साथ वाहिर आएको उनले बताएका छन् ।