इन्द्रेणी संवाददाता
रुकुम, १९ असोज । नयाँ संघीय संरचनाअनुसार रुकुम जिल्ला दुई भागमा विभाजन भएपछि विभाजजित पूर्वी रुकुमले पूर्बीरुकुम जिल्लाको मान्यता पाएको छ । पूर्बी रुकुम जिल्लाको मान्यता पाइसकेपछि त्यस जिल्लाको सदरमुकामको रुपमा रुकुमकोटमा कार्यालयहरु स्थापना भएका छन् ।

inddविहीबार गृहमन्त्री जनार्दन शर्माले पूर्वीरुकुम जिल्लाको जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय र राष्टिय अनुसन्धान कार्यालयको उद्घाटन गरेका छन् ।

४४ वर्ष पहिले रुकुम जिल्लाको सदरमुकाम रहेको रुकुमकोटमा योसँगै ४४ वर्षपछि पुनः जिल्ला सदरमुकामको मान्यता पाएको छ । नयाँ संघीय सरचना अनुसार जिल्ला टुक्रियपछि असन्तुष्ट पुर्वी रुकुमेलीहरु नयाँ जिल्लाको मान्यता पाएपछि खुशी भएका छन् । नयाँ संघीय सरचना अनुसार पुर्वी रुकुम प्रदेश नं. ५ मा गाभीएको थियो भने पश्चिम रुकुम प्रदेश नं. ६ मा गाभिएको छ ।

22196435_1584872094897607_3357323596175674196_n