काठमाडौं, १९ असोज । वाम गठबन्धनको संयुक्त कार्यदलले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण गर्ने भएका छन् ।
प्रत्यक्षतर्फको उम्मेदवार छनौटका लागि गठित कार्यदल र चुनावी घोषणा पत्र मस्यौदा कार्यदलको विहिबार विहान बसेको संयुक्त बैठकले तीनदिन भित्र प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार चयन गर्न क्षेत्र निर्धारणको काम सन्पन्न गर्ने निर्णय गरेको हो ।बैठकले चुनावी घोषणा पत्र मस्यौदा निर्माणको काम सातदिन भित्र सम्पन्न गर्ने सहमति पनि भएको छ । वाम गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ सक्ति पार्टी संलग्न छन् ।