काठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रले सरकारको प्रतिपक्ष दल नेकपा एमालेसँग आगमी चुनावी तालमेल र पार्टी एकताको गठबन्धन बनाएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रलाई वर्तमान सरकारबाट हटाउने तयारी गरेका छन् ।

deuba parchandदेउवाले कांग्रेस नेतृत्वको गठबन्धनका पार्टीबाट स्पष्ट बहुमत जुटाएर माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन् । जसका लागि गठबन्धनका शीर्ष नेता र कानुन व्यावसायीसँग देउवाले छलफललार्इ तीब्रता दिएका छन् ।

संविधान अनुसार सरकार टिकाउनका लागि कम्तिमा २ सय ९७ मतसहितको बहुमत चाहिन्छ । जसका लागि प्रधानमन्त्री देउवाले प्रयास गरिरहेका छन्। तर माओवादी मन्त्रीलाई बर्खास्त गरेपछि देउवा सरकारसँग बहुमतभन्दा दुई मतमात्रै बढी हुने देखिन्छ।

प्रजातान्त्रिक गठबन्धनसँग कायम मत

कांग्रेस –२०६
राप्रपा र राप्रपा प्रजातान्त्रिक –३७
राजपा– २४
लोकतान्त्रिक फोरम– १७
संघीय फोरम– १५
जम्माः २९९