संजय कुशवाहा
नवलपरासी १९ असोज । मुस्लिम समुदायको चौथो माहान पर्व मोहरर्मको अवसरमा नवलपरासीको विभिन्न स्थानमा ताजिया बनाईएको थियो ।यस वर्ष जिल्लाको महेशपुर,भुजहवा,बुडन्­तापुर हरखपुरा लगायतका स्थानमा विशाल ताजिया बनाईएको थियो ।जुन नवलपरासी जिल्लामा सबै भन्दा विशाल ताजिया सरावल गाउपालिका वार्ड न.७ भुजहवामा निर्माण गरिएको छ ।जसको क्षेत्रफल करिब ३५ फिट चौडाइ ७० फिट उचाइ रहेको छ ।मुस्लिम समुदायको चौथो माहान पर्व मोहरर्मको अवसरमा ताजिया निर्माण गरिएको सबै स्थानमा मेला लागेको थियो ।

22279368_520352894978571_1641616187_o

मेला नवलपरासी जिल्लाको ग्रामीण भेगमा विभिन्न ठाउहरूमा बासकोठुलो ठुलो ताजिया बनाई भब्य मेला संचालन गरिएको थियो ।भुजहवा ताजिया ब्यवस्थापन समितिका अध्यक्ष राम लखन कुशवाहाले दिएको जानकारी अनुसार भुजहवा विशाल ताजियाको मेला आईतवार देखि संचालित भएको मेला शुक्रबार सम्म संचालित रहने छ।ताजिया मेलामा थकडी ,ठाकतासा लाठी ,भाला ,भेडा जुधाउने समेत खेल प्रतियोगिता भईरहेका छन ।प्रतियोगितामा प्रथम हुने टिमलाई एउटा साईकल प्रदान गरिने छ भने दुत्तिय हुने टिमलाई भिते घडी प्रदान गरिने छ भने तृतीय हुने टिमलाई टेबल पंखा प्रदान गरिने सरावल गाउपालिका वार्ड न ७ का वाडा अध्यक्ष हेयात अली बताउनु भएको हो ।

तजिया मेला नेपाल र छिमेकी राष्ट्रिय भारत बाट आउने दर्शनार्थीहरूको घुईचो लाग्ने गरेको छ ।ताजिया निर्माणका लागि बास , रिम, काटि ,तार र गम आवश्यक पर्ने गरेको ताजिया मिस्त्री बन्धन सहानी र मधुशेन अलिले बताएका छन ।हिजरीको पहिलो महिना मोहरर्मुल हरामको १० तारिखका दिन ईस्लामको संरक्षक मानिने धर्मगुरू हजरत ईमाम हुसैनको आफनो साथीहरू सहित ७२ जनालाई ईस्लाम धर्मलाई बचाउनका लागि ईराकको बगदाद स्थित करबलामा सहिद भएकोले उनको यादलाई तरोताजा बनाउन ताजिया बनाई दर्शन गर्ने मुस्लिम समुदायको परम्परा चल्दै आएको छ ।केहि हिन्दु र मुस्लिमले ब्रत समेत बस्ने गरेका हुन्छन् ।देशका विभिन्न तराई क्षेत्रमा ठुला ठुला बासका ताजिया हिन्दु मुस्लिम दुबै समुदाय मिली बनाउने र मेला संचालन गर्ने गर्दछन ।