इन्द्रेणी संवाददाता 

काठमाडौं १७ असोज । नेपालमा बाम धुर्बिकरण आबश्यक भएको महसुस गर्दै देशका ठुला कमन्युष्ट पार्टीले चुनावी तालमेल मार्फत प्रक्रिया अगाडि बढाएका छन् ।  पार्टी एकीकरणको संखघोष गर्दै चुनाव पछि देशमा एउटा मात्र बामपन्थी पार्टी हुनुपर्ने नेताहरुको भनाइ छ ।

bamtalmel960

आज भएको बामपन्थी पार्टीहरुको चुनावी तालमेलमा नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी आगामी निर्वाचनमा तालमेल गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा तीन पार्टीका अध्यक्षहरुले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त ६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

2sahamati patra

1sahamatipatra