काठमाडौं नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी पनि मिसिएको छ । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गर्दै पार्टी एकता प्रक्रियामा गएपछि नयाँ शक्ति पनि मिसिएको हो ।
