तुलसीपुर, २५ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सरसफाई हाम्रो सभ्यता हुुनुपर्ने वताउनु भएको छ । सरसफाईप्रति हरेक नागरिक जागरुक भए मात्रै तुलसीपुर उपमहानगर हराभरा र सुन्दर हुने पनि उहाँले वताउनुभएको छ ।

sarasafai tulsipur

पुर्व सुचना तथा सञ्चारमन्त्री समेत रहेका पोख्रेलले तुलसीपुरको सरसफाई अभियानबाट आफु निकै प्रभावित भएको वताउदै हरेकले उपहार दिदा वोट विरुवा उपहार दिने प्रचलनको विकास गर्नु आवश्यक भएको समेत वताउनु भयो । तुलसीपुर उपमहानगरलाई सफा र हराभरा वनाउने लक्ष्यका साथमा सञ्चालन गरिएको हाम्रो तुलसीपुर राम्रो तुलसीपुर सरसफाई अभियानको ५९ औ श्रृखलामा सहभागि हुने क्रममा उहाँले सो कुरा वताउनुभएको हो ।

पुर्व सभासद एवम् माओवादी केन्द्रका नेता कुवेर वलीले नगर सफाइ अभियानलाई हरेक वडामा पु¥याउनका लागि उपमहानगरले विशेष चासो दिनुपर्ने वताउनु भयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले फोहोरलाई मोहोर वनाउनका लागि आफुले कार्ययोजना वनाइरहेको वताउदै नगर सफा र हराभरा राख्नु हरेक नागरिकको् दायित्व भएको समेत वताउनुभएको थियो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री, राजन रायमाझी लगायतका वोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरणल सुचना अधिकारी झरेन्द्र खरेलले गर्नुभएको थियो । तुलसीपुरको विरेन्द्र चोकबाट सुरु भएको सरसफाई कार्यक्रम वाहिनी चोकमा पुगेर समापन भएको थियो ।