घनश्याम पाैडेल

अर्घाखाँची, १७ असौज । सोमवार साँझ सन्धिखर्कको कुर बेंहोरेमा चितुवाले लगेको बच्चा १३ घन्टापछी मृत फेला परेको छ । सन्धिखर्क नगरपालिका २ कुर बेंहोरेका अशोक नेपालीका ७ बर्षिय छोरी प्रतिक्षा नेपालीलाइ सोमवार साँझ सवा ७ बजे चितुवाले आक्रमण गरि लगेको थियो ।

राति अबेर सम्म खोजी गरिएको थियो तर फेला नपरेपछी आज बिहानै ५ बजेबाट पुन खोजीकार्यलाइ निरन्तरता दिइएको थियो । बिहान करिब ८ बजे सन्धिखर्क बेंहोरकोे बिच जङगलमा ति बालिकाको शव फेला परेको हो ।

बिगत ३ बर्षमा चितुवाको आक्रमण बाट करबि १ दर्जन बालबालिकाको ज्यान गई सकेको छ । बालबालिकामाथी आक्रमण गर्ने चितुवाको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।