इन्द्रेणी संवाददाता 

गुलरिया १७ असोज । हिन्दु र मुस्लिम धार्मावलम्बिहरुबीच साम्प्रादायीकता भट्केपछि केहि राउण्ड हवाइफायर गरेर सथिती नियन्त्रणमा लिई लगाइएको कार्फ्यु हटाइएको छ ।

बर्दिया सदरमुकाम गुलरियाको लालपुर क्षेत्र आसपासमा हिँजो सोमबार देखि लगाइएको कर्फ्यु मंगलबार बिहान ९ बजेदेखि हटाइएको हो । मंगलबार विहान कफ्यू हटाएपछि सद्भाव र्याली निकाल्ने तयारी गरिएको छ ।

आइतबार राति ताजिया र मूर्ति विसर्जन गर्ने समूहबीच झडप भएपछि स्थिति सामान्य पार्न गुलरिया नगरपालिका ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कर्फ्यु लगाइएको थियो ।