इन्द्रेणी संवाददाता
दाङ १७ असोज । दाङमा आख्यानकार नविन विभासको कथा संग्रह ” रोल्पा सुइना ” को परिचर्चा गरिएको छ । पत्रकार तथा साहित्यकार नवीन विभासको कथासङ्ग्रह ‘रोल्पा सुइना’ ले द्वन्द बेला र द्वन्द पछिको रोल्पाली जनताहरुको यथार्थता बोकेर रोल्पाको बस्ताबिकतालाई टट्कारो रुपमा परिचर्चामा समिक्षकहरुले बताएका छन् ।
रोल्पा सुइनामा बस्तुत लेखकले जनयुद्धको भोगाइ र देखाइलाई कथाको केन्द्र बनाएर आफ्नो अनुभव पनि ज्वालन्त रुपमा पस्केको कुरा कार्यक्रममा समिक्षकहरुले बताए ।
जनयुद्धको समय र शान्ति प्रक्रियापछि समाज र अभियान्ताहरुको जीवनलाई कथामा समेटिएका छन् । लेखक विभासले फरक फरक समयमा लेखिएका कथाहरुलाई पुस्तकमा तीन खण्डमा समेटिएका छन् ।
शब्दाशिखा साहित्यक अनलाइनले आयोजना गरेको कार्यक्रममा विभासको कथा संग्रहमा साहित्यकार महेन्द्र महक र टिकाराम उदासीले समिक्षा गरेका थिए । शब्दाशिखा अनलाइनका सम्पादक डिल्ली मल्लको अध्यक्षतामा भएको कार्यक्रमको संचालन साहित्यकार तथा पत्रकार भुपेन्द्र ओलीले गरेका थिए ।
