नवलपरासी, १३ असोज । दक्षिण कोरिया सरकारले नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई स्माट सिटी बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौंसहित दुईवटा महानगर र चारवटा नगरपालिकाहरुको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो ।

smart city 960

दक्षिण कोरियाले काठमाडौं र पोखरा महानगर, नवलपरासीको रामग्राम, धादिङ्गकोे निलकण्ड, धुलिखेल र भक्तपुर नगरपालिकालाई यस्तो सहयोग गर्ने भएको हो । नवलपरासीको रामग्राममा नगरपालिकामा पत्रकार सम्मेलनमा नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले छवटा स्थानीय तहको दिगो विकास गर्ने उदेश्य अनुरुप दक्षिण कोरियाले आर्थिक सहयोग गर्न लागेको जानकारी दिए । एभरेष्ट दैनिकमा खबर छ ।

दक्षिण कोरियाको राजधानी सोलमा एकसाता अघि सम्पन्न २०१७ इन्टरनेशनल सिटी समिट एण्ड मेय¥र्स फोरम कार्यक्रममा सो घोषणा भएका थियो ।