काठमाडौं,  १३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस वर्षको दशैमा भ्याइनभ्याई छ । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौटको चटारो हुने छ अध्यक्ष प्रचण्डलाई ।

prachanda960

आगामी चुनाबबाट पार्टीलाई पहिलो बनाउने योजनामा रहेका अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावका लागि उपयुक्त उम्मेदवार छनौट गरी टिकटको वितरण गर्नेमा दशैंको फुर्सदलाई उपयोग गर्ने बताइएको छ ।

त्यसैगरी समय मिलाएर पार्टीका नेता, कार्यकर्ता तथा आफन्तसँग भेटघाट गर्ने पनि उनको योजना रहेको छ । दशैंका लागि भनेर कुनै विशेष कार्यक्रम नभएकाले सम्पूर्ण समय आगामी चुनाब र भावी राजनीतिक रणनीतिका लागि खर्चिने अध्यक्ष प्रचण्डको योजना रहेको छ ।