पर्यटन विकासका लागि मुख्य गुरुयोजना निर्माण आवस्यक भएको बक्ताहरुले बताएका छन् , गुरुयोजना निर्माणसंगै पूर्वाधार र प्रवद्र्धनका कार्य गर्न सके दाङलाई अब्बल गन्तव्य बनाउन सकिने उनीहरुको मत छ, प्रदेशको राजधानीको संभावना समेत भएको दाङमा अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रकृयालाई अगाडि बढाउन सके दाङलाई पर्यटनको प्रवेशद्धार बनाउन सकिने बक्ताहरुको विचार छ ।

20170927_133859मुख्यतया पूर्वाधारमा जोड दिन सके दाङलाई मध्य र सूदुर गन्तव्यको मुख्यद्धार बनाउन सकिनेमा उनीहरुको जोड रहेको थियो । ३८ औ विश्व पर्यटन दिवसको अवसरमा आज घोराहीमा भएको विकासका लागि दीगो पर्यटन भन्ने विषयमा बक्ताहरुले यस्तो सुझाएका हुन्, नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय समितिको आयोजना, घोराही उपमहानगरपालिका,दाङ जिल्ला उद्योग वाणिज्य संघ र दाङ देउखुरी होटेल व्यवसायी समितिको व्यवस्थापनमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता, पत्रकार महासंघ उपाध्क्ष विपुल पोख्रेलको विशेष अतिथि, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ध्रुवराज भारी, उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का उपाध्यक्ष हेमराज बन्जाडे, पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, प्रेस स्वतन्त्रता सेनानी तथा एन्टोजका केन्द्रीय सल्लाहाकार सुशिल गौतम,दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, दाङ देउखुरी होटेल व्यवसायी समिति अध्यक्ष रुद्र डाँगी,उपमहानगरपालिका कार्यकारी अधिकृत ऋषिराम केसी, उपमहानगरका वडा अध्यक्ष ज्यूहरु, पत्रकार तथा उद्यमीहरुको सहभागिता रहेको थियो ।

20170927_121730घोराही उपमहानगरको नगरहलमा भएको कार्यक्रमको नेपाल पर्यटन पत्रकार संघ(एन्टोज) का केन्द्रीय अध्यक्ष धनिराम शर्मा(ऋतुविचार)को अध्यक्ष्यतामा भएको कार्यक्रमको संचालन महासचिव केशरमान विसीले गर्नु भएको थियो ।