घोराही, ११ असोज । चाडपर्वको अवसरमा हुने आपराधिक घटना न्युनिकरणमा सहयोग पुर्याउने उदेश्यले घोराही ७ सौडियारमा बुधवार एक औपचारीक कार्यक्रम गरी सडक वत्ति वालिएको छ ।

received_1287663861338623सगरमाथा टोल विकास संस्था घोराही ७ को अगुवाईमा टोलमा राखिएको सडक वत्तिको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक रञ्जन अवाले स्विच अन गरेर उद्घाटन गर्नु भएको हो । टोलवासिहरुले आफै रकम संकलन गरेर टोलको शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउने मुख्य ध्यये राखेर सडक वत्ति राखेका छन् ।

वडा कार्यालय घोराही ७ र अस्थायि प्रहरी चौकि सर्रासंग समन्वय गरी दसैँको सप्तमी फुलपातिको अवसर पारेर सडक वत्तिको उद्घाटन गरीएको सगरमाथा टोल विकास संस्थाका अध्यक्ष सालिकराम केसिले बताउनु भयो । केसिको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक रञ्जन अवाले घोराही बजारको शान्ति सुरक्षा कायम गर्न वडा प्रहरी कार्यालय प्रतिवद्ध रहेको भन्दै टोलको सुरक्षा गर्ने पहिलो दायित्व टोलवासि रहेको बताउनु भयो ।

उहाले टोलवासिको सक्रीयतामा सडक वत्ति वालेर शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याएको टोल विकास संस्थालाई धन्यवाद दिदै सडक वत्ति वलेपछि यहाँ हुने चोरी र मादकपदार्थ सेवन गरेर होहल्ला गर्ने घटनाहरुमा कमि आउने विश्वास ब्यक्त गर्नु भयो । चाडपर्वको अवसरमा मादकपदार्थ सेवन गरी होहल्ला गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिने चेतावानि दिदै प्रहरी निरीक्षक अवाले समाजमा शान्ती सुरक्षा कायम गर्न वर्दि विनाका प्रहरी नागरीकहरुले सहयोग गर्नुपर्ने धारणा राख्नु भयो । नागरीक र प्रहरी मिलेर नै शान्ति सुरक्षा कायम गर्न सकिने बताउनु भएका उहाले चाडपर्वलाई सुरक्षित र शान्त बनाउन हाम्रो टोलमा प्रहरी भन्ने अभियानलाई तिव्र बनाइनेसमेत जानकारी दिनु भयो ।

सडक वत्ति राखेर टोललाई उज्यालो बनाउन सगरमाथा टोलले गरेको कार्य प्रसंसनिय र स्वागतयोग्य भएको भन्दै यसले प्रहरीलाई अपराध अनुसन्धानमा महत्वपुर्ण सहयोग पु¥याउने विचार ब्यक्त गर्नु भयो । मावि सौडियारका शिक्षक कान्तुलाल भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा विषयबस्तुमाथि टोल विकास संस्थाका सल्लाहकार कमला थापाले प्रकाश पार्नु भएको थियो । टोल विकास संस्थाका सल्लाहकार ठाकुर प्रशाद लामिछानेले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन पत्रकार निशानदाजु भट्टराइले गर्नु भएको थियो ।