असोज ११, दाङ । राप्ती क्षेत्रको सर्वाधिक लोकप्रिय एवं प्रतिष्ठित खुल्ला नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार ४ को बुधबार घोराहीमा भएको मेगा अडिसनबाट तेस्रो राउण्डका लागि ३३ जना छानिएका छन् ।

छानिनेहरुमा रिया राना, आम्दा आले, उषा के एम, कृति रखाल, सुदिक्षा सिंह, चाँदनी विक, एलिशा पुन मगर, सन्ध्या पुन, मैना सुनार, एलिशा बेलबासे, जेनिसा विस्ट, समिक्षा रोका, रेखा थापा, रश्मि पुन, मिना बुढा मगर, स्वस्तिका केसी, मनिषा थापा, करन रोका, चाँदनी जीएम, आदर्श योगी, अंजना कुवँर, यमुना कुवँर, प्रेक्षा रेग्मी, आकाश गुरुङ, सुष्मा बिक, सन्ध्या पाण्डे, गीता घर्ती, विजय पुन मगर, द्रुपता ज्ञवाली, बबिता बिसी, संहिता अधिकारी, प्रकाश घिमिरे र करिश्मा महर्जन रहेका छन् । प्रतियोगितामा सिजल अधिकारी र योजना आचार्यलाई विशिस्ट प्रतिभामा चयन गरिएको छ । मेगा राउण्डको निर्णायकमा नृत्य प्रशिक्षक सुष्मा केसी कुवँर हुनुहुन्थ्यो ।

उत्सर्ग डान्सिङ स्टार २ कि विजेता एवं उत्सर्ग फिल्मस् नेपालकी एम्बेस्डर समीक्षा पौडेलको अध्यक्षतामा भएको मेगा राउण्डका प्रमुख अतिथि दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथोकीले नवप्रतिभाहरुको विकासमा उत्सर्ग फिल्मस् नेपालले गहकिलो कार्य गरेको चर्चा गर्दै यस्ता अभियानहरुमा आफू सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमा विशिस्ट अतिथिद्वय समाजसेवी होताराम अधिकारी र उत्सर्ग डान्सिङ स्टार ३ कि विजेता सुप्रीया पाण्डेयले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो। हिरो अफ भ्वाइस ४ कि उप विजेता उर्मिला कुसुण्डाले गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण उत्सर्ग फिल्मस नेपालका प्रबन्ध निर्देशक केएल पीडितले गर्नु भएको थियो ।