रुकुम ,१० असोज । माओवादी केन्द्रले प्रदेश नं. ५ मा पर्ने पूर्वी रुकुममा प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारहरु टुङगो लगाएको छ । नेकपा ( माओवादी केन्द्र ) पूर्वी रुकुमको आश्बिन ९ र १० गते रुकुकोटमा बसेको बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेद्धारहरु सिफारिश गरेको छ ।

purbi rukum

प्रस्तावित सदरमुकाम रुकुमकोटमा आज सम्पन्न वैठकले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्धारतर्फ मा गणेशमान पुन पुर्ण बहादुर घर्ती कमला रोका दलजित बि.के.श्रीपाली र समानुपातिक तर्फ जुनकुमारी रोका ओलीको नाम सिफारिस गरेको छ । यसैगरी वैठकले प्रदेश सभामा क्षेत्र नं. १ र २ वाट धेरै जनाको दाबी देखिएपछि जिल्ला इन्चर्ज तथा पोलितब्युरो सदस्य तेजबहादुर ओली अर्का पोलितब्युरो सदस्य तथा पुर्बी संयोजक मेघबहादुर श्रेष्ठ लगायत १४ प्रदेशमा सिफारीश गर्ने निर्णय गरेको छ ।

पुनिराज घर्ती,कृष्ण रेग्मी, सुवोधराज सेर्पाली,धनमान पुन,लालबहादुर बिष्ट,प्रबेश पुन,जगत पुन,तिर्था पुन,होमप्रकास श्रेष्ठ,जगत घर्ती,निरमान बुढा,जगत पुन र दिपेन्द्र छन्त्याल लाई दुई वटा प्रएश सभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको लागि सिफारिस गरेको जिल्ला संयोजक मेघबहादुर श्रेष्ठ (महेश) ले जानकारी दिनु भएको छ ।

पूर्वी रुकुम सचिबालय बैठकले सिफारीश गरिएका नामहरुवाट उम्मेद्धारहरुको अन्तिम टुंगो भने प्रदेश तथा केन्द्रीय समितिले लगाउने जिल्ला संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।