घोराही,७ असोज । बाढी पीडितहरुको सहयोगार्थ दशै विशेष सास्कृतिक कार्यक्रम हुने भएको छ । विजयादशमी तथा दिपावलीको अवसरमा तुलसीपुर उपमहानगरपालिका–१४ पहली मन्दिरमा यहि असोज दश गते सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
वन वे फिल्मस्को आयोजना तथा दिनेश विश्वकर्माको प्रायोजनमा दशै विशेष सांस्कृतिक कार्यक्रम हुने भएको हो । उक्त कार्यक्रममा मोडेल रिना थापामगर,बुद्धविर थापा,लोकगायिकाहरु सुशीला गौतम, मधु क्षेत्री, अमृता लामीछाने,मधुसुदन डागी,रोहन वली,हरी थापा,देव गुरुङ,लीला गिरी,एन.टी बसन्त,सुरज रावल,पोषण डागी,समिक्षा पौडेल,रोशन बिसी, मोडेल लोसीना लामीछानेलगायतका कलाकारहरु आउने कार्यक्रम रहेको कार्यक्रम संयोजक मधुसुदन डिसीले जानकारी दिए ।
कार्यक्रम प्रवेशन गर्न निुशल्क गरिएको आयोजकले जानकारी दिएको छ ।
