नवलपरासी , ८ असोज । नेपाली काँग्रेसका नेता एवंम् पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपालमा सञ्चार जगतको महत्पूर्ण भुमीका रहेको बताउनुभएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले हरेक ऐतिहासीक परिवर्तनको अवस्थामा नेपाली पत्रकार र नेपाली पत्रकारीताको महत्वपुर्ण योगदान गरेको चर्चा गर्नुभयो ।
12

नवलपरासीको भुजहवामा त्रिबेणी सञ्चार मञ्च , न्युज एट नेपाल डट कम अनलाईन , अनलाईन जनता र चर्चा अनलाईनले संयुक्त रुपमा आयोजना गरेका बडा दशै शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै नेता कण्डेलले यस्तो बिचार राख्नुभएको हो ।

सो अवसरमा बोल्दै नेता कण्डेलले जनआन्दोलन देखी अहिले स्थानीय तहको निर्वाचनमा नेपाली मिडीयाले खेलेको भुमीकाको प्रशन्शा ब्यक्त गर्दै कण्डेलले आगामी दिनमा आउदै गरेको प्रदेश र प्रतिनिधी सभाका निर्वाचनमा पनि नेपाली पत्रकारीताको महत्वपुर्ण भुमीका हुनुपर्ने बिचार राख्नुभयो ।

11

कण्डेलले सिमा क्षेत्रमा देखिएको बिभिन्न समस्या कुटनितिक पहलबाट समस्या समाधान गर्नुपर्ने शुझाब दिदै यसका लागी आफुले पनि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सोही अवसरमा पत्रकार पुरुषोत्तम सुबेदीलाई सम्मान गरिएको थियो । समाजीक रुपान्तरणकालागी पत्रकारीता मार्फत पु¥याएको योगदानको उच्च मुल्याकंन गर्दै त्रिबेणी सञ्चार मञ्च र अनलाईन जनताले सम्मान गरेका थियो ।

सो अवसरमा कण्डेलले पत्रकार सुबेदीलाई टिका , दोसल्ला तथा सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो । अनलाईन जनताका प्रकाशक एवंम् प्रधान सम्पादक बृजराज कुशहवाको अध्यक्षतामा भएको सो कार्यक्रममा सम्मानीत पत्रकार एवंम् पत्रकार महासंघका नवनिर्वार्चित केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी , पत्रकार महासंघ नवलपरासीका कार्य समिती सदस्य हुसैन अन्सारी , डट कम अनलाईनका समाचार प्रमुख रवीन शर्मा चापागाई , मधेशी पत्रकार समाजका केन्द्रिय सदस्य देशबन्धु यादव , पत्रकार उमागिरी , प्रकाश न्यौपानले लगायतले आ आफ्नो बिचार राख्नुभएको थियो ।