काठमाडौँ, ६ असोज स् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा राष्ट्रिय फोटो पत्रकार समूहको २१ औँ वार्षिकोत्सव समारोह सम्पर्न भएको छ ।
यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सञ्चार क्षेत्रको विकास भएमात्र मुलुकको विकास हुने भन्दै सञ्चारमैत्री वातावरण निर्माणका लागि मन्त्रालय लागिपरेको बताउनुभएको हो । “सूचना प्रविधिको विकासका कारण संसारका धेरै मानिसहरु धनी बनेका छन् र धेरै देशले विकास गरेका छन्,”–मन्त्री बस्नेतले भन्नुभयो ।
सञ्चारमन्त्री बस्नेतले सूचना प्रविधिको क्षेत्रलाई देशभर विस्तार गर्ने गृहकार्यमा सरकार जुटिरहेको स्पष्ट पार्नुभयो । “कात्तिक मसान्तभित्र देशका हरेक कुनाकाप्चामा टेलिफोन सेवा पु¥याउनेगरी काम गरिरहेका छौँ,”–उहाँले भन्नुभयो ।
राष्ट्रिय आमसञ्चार प्रतिष्ठान निर्माण, न्यूनतम पारिश्रमिक कार्यान्वयनलगायतका आधारभूत कुरालाई लागू गर्ने कुरामा मन्त्रालय गम्भीर भएर लागेको उहाँको भनाई थियो ।
उहाँले मुलुकको हरेक परिवर्तनमा फोटो खिच्ने नाउँमा आफ्नो ज्यानलाई जोखिममा राखेर फोटो पत्रकारहरुले पु¥याएको योगदानको उच्च प्रशंशा गर्नुभयो । सञ्चारमन्त्री बस्नेतले फोटो पत्रकारहरुलाई परेको समस्याको समाधानका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले विद्यागत पत्रकारिताको विकासका लागि फोटो पत्रकारहरु संस्थागत रुपमा अगाडि बढेको भन्दै आगामी दिनमा अझ शशक्त भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले फोटो पत्रकारिताका नाममा पत्रकारहरुले लाखौँ रुपैँया खर्च गरेर क्यामरा किनेपनि क्यामरा र मान्छेको बिमा नहुँदा समस्या परेको भन्दै मन्त्रालयले उक्त कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको विकासमा फोटो पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । समूहका अध्यक्ष धुब्र आले, पूर्व अध्यक्ष कविन्द्रमान शाक्य, राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारीलगायतले फोटो पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।
विसं २०५३ सालमा स्थापना भएको समूहमा हाल ३१ जिल्लाका ४०० भन्दा बढी फोटो पत्रकार आवद्ध रहेको समूहका सचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो । सो कार्यक्रममा विभिन्न विद्यामा फोटो पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै पाँचजना फोटो पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा गोरखापत्र दैनिकका फोटो पत्रकार राजेन्द्र चित्रकार, मनोरञ्जन फोटो पत्रकार कविन्द्रमान शाक्य, संस्कृति तथा सम्पदा फोटो पत्रकार गणेशकुमार श्रेष्ठ, शाहसीक फोटो पत्रकार राजेश गुरुङ र पर्यटन फोटो पत्रकार किरण आचार्य रहनुभएको छ ।
