रुपन्देही, २ असोज । रुपन्देहीको सैनामैना नगरपालिका १ वनकट्टाकी रेखा भुसाल अपहरणमा परेकी छन् । वनकट्टाको वर्मा चोकमा बुटवल जाने गाडी कुरिरहेको अवस्थामा भुसाल अपहरणमा परेकी बताइएको छ । प्रहरीका अनुसार, बा १३ च ६६९७ नम्बरको सेतो अल्टो कारमा आएका व्यक्ति उनलाई जबरजस्ती गाडीमा हालेर तामनगरतर्फ मोडिएका थिए ।

apaharan

अपहरणमा परेकी युवती फार्मेसीमा कार्यरत रहेको बताइएको छ । प्रहरीले युवती अपहरणमुक्त भइसकेको दाबी गरे पनि उनको अवस्थाको बारेमा केही पनि बताएको छैन । एसपी श्यामलाल ज्ञवालीले अपहरित युवतीको उद्दार गरेको र अपहरणमा संलग्न युवाहरुको खोजी भइरहेको जानकारी दिए ।