ध्रुवराज न्यौपाने
असोज २ दाङ । गुरु जजुर मावि रक्षाचौरमा आज एक कार्यक्रमका विच दशै मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभवाक संघ तथा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको उपस्थितीमा दशै मिलन कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका प्रअ। विष्णु प्रसाद आचार्यको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रनव कुमार खड्काको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा आउदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी,शुभ दिपावली तथा छठ पर्वको अवसर पारी शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खड्काले सबैको साथ र सहयोगकै कारण आज गुरु जजुर मावि गर्व गर्न लायक सस्था रहेको उल्लेख गर्नुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न परीषामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्पूर्ण विद्यालय परिवारलाई उहाले धन्यवाद तथा शुभकामना दिदै अझै विद्यालयलाई माथि उठाउन निरन्तर मिहेनत र थप उर्जाका साथ कार्य गर्न सबै शिक्षक कर्मचारीलाई आग्रह गर्नुभयो । यसैगरी विद्यालयका प्रअ विष्णु प्रसाद आचार्यले अवको १÷२ वर्षमा गुरुजजुरमा विद्यार्थीहरु भर्ना गर्दा कठिन परिस्थीति सिर्जना हुन सक्ने बताउनुभयो ।
विद्यालयमा भर्ना हुदा सुरुमा इन्ट्रास परीक्षा वनाएर सफल हुने मात्रै विद्यालयमा पढ्न पाउने र सफल हुन नसक्ने विद्यार्थीहरु गुरु जजुर मावि छाडेर निजी विद्यालयमा भर्ना हुन जान सक्ने वातावरण सिर्जना हुन सक्ने उल्लेख गर्नुभयो । गुरु जजुर मावि यस क्षेत्रको नमुना विद्यालय भएकाले यसलाई राज्यले नै पहिलो प्राथमिकता दिने हुदा यसले आजको भन्दा अझ राम्रो भविष्य कोर्ने ठोक्ुवा गर्नुभयो । यसैगरी विद्यालयले निरन्तर रुपमा सफलता चुम्नु सबै शिक्षक–कर्मचारी,अभिभवाक,विव्यस लगायत विद्यालयको सफलता चाहाने सवै शुभेक्छुक का कारण भएको जिकिर गर्नुभयो ।
एक जनाले गर्दा मात्रै विद्यालयले प्रगति नगरेको उल्लेख गर्दै सबै को सहयोग, योगदानका कारण विद्यालय आज यहाँ सम्म आएको बताउनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका का कार्यपालिकी सदस्य डिला परीयारलाई स्वागत सम्मान समेत गरिएको थियो । कार्यक्रममा विव्यस सदस्य रुद्र बहादुर वली,कार्यपालिका सदस्य डिला परीयार,शिक्षक अभिभवाक संघका अध्यक्ष सुरविर वली,लगायतले वोल्नुभएको थियो । कार्यक्रममा स्वागत शिक्षक प्रतिनिधी लेवेन्द्र केसीले गर्नुभएको थियो भने संचालन प्रमोद कुमार न्योपाने ले गर्नुभएको शिक्षक ध्रुवराज न्यौपानेले जानकारी दिनुभएको छ ।
