माधव बेल्वासे
भाद्र ३० ,चन्द्रौटा। शहिद परिवारलाई संरक्षण आवश्यकता रहेकोमा वक्ताहरुले जोड दिएका छन । कपिलवस्तुको चन्द्रौटामा आयोजित जनक्रान्ति वेपत्ता योद्धा परिवार समाजको ५ नम्वर प्रदेशको सयुक्त भेलालाई सम्वोधन गर्दै वोल्ने वक्ताहरुले शहिदहरु संरक्षणको पर्खाइमा रहेकोमा वताए ।

sahit paribar

शहिदहरुले देश र जनताको लागि वलिदान दिएको भएपनि उचित संरक्षण नभएको गुनासो गरेका छन ।सरकारले शहिदको संरक्षणको प्रयास गरेको भएपनि त्यो संरक्षण सवै शहिदहरुमा पुग्न नसकेको वताए । देश र जनताको लागि अग्रसर वन्दा कतिपय घाइते,अपांग भएपनि उनिहरुलाई सरक्षण नगरेकोमा आपत्ति जनाइएको छ । चन्द्रौटाको होटल ग्यालेक्सीमा भएको उक्त भेलामा विभिन्न जिल्लाका शहिद परिवारहरुले जिल्लाको अवस्था लगाएतको रिपोटिङ गरेका थिए ।

कपिलवस्तु जिल्लाको तर्फवाट वोल्दै गिता भण्डारीले जिल्लामा १ सय १६ जना शहिद,५ जना वेपत्ता,१ जना घाईते भएको वताउनुभएको छ ।दाङ जिल्लामा ३५० जना शहिद, ५५ जना वेपत्ता रहेको पाइएको छ। रोल्पा जिल्लामा प्रदेशकै सवैभन्दा धेरै ७ सय ७० जना शहिद,३० जना वेपत्ता रहेको देउकला घर्तिले प्रस्तुत गरेको रिपोर्टिङमा उल्लेख गरिएको छ ।त्यस्तै प्युठान जिल्लामा ८४ जना शहिद र ९ जना वेपत्ता भएका थिए । नवलपरासी जिल्लामा ३० जना शहिद ५ जना वेपत्ता भएको धर्व खनालले वताउनुभयो ।रुपन्देहि जिल्लामा ७० जना शहिद भएका थिए ।

कार्यक्रममा वोल्दै शहिद परिवार समाजका केन्द्रिय अध्यक्ष जयपुरी घर्तिले शहिदहरुको लागि आफुले केन्द्र स्तरमै छलफल गरेको र केहि सहयोग गरेको वताउनुभयो । कतिपयले आफ्ना छोराछारी तथा आमावुवा नै गुमाएको अवस्थामा निकै गाह्रो भएको कुरालाई स्मरण गर्दै प्राथमिकता मा राखेको वताउनु भयो ।शहिदहरुलाई शिक्षा रोजगार लगाएत ठाउमा स्थान दिनुपर्ने शहिद परिवार प्रदेश इनचार्ज दामा शर्माले वताउनुभयो ।

शहिद परिवार समाज प्रदेश न ५ का इन्चार्ज दामा शर्माको अध्यक्षता शहिद परिवार समाजका केन्द्रिय अध्यक्ष जयपुरी घर्तिको प्रमुख आतिथ्यता,नेकपा माओवादि केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनाल(वलदेव),पोलिटव्युरो सदस्य गिरीधारीलाल न्यौउपाने लगाएतले सम्वोधन गर्नुभएको थियो ।