माधव बेल्वासे
भाद्र ३० ,चन्द्रौटा। कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय वाल दिवशको अवसरमा शिवराज नगरपालिका स्तरिय चित्रकला प्रतियोगिता समपन्न भएको छ । नगरभित्र रहेका १८ वटा विद्यालयका ३६ जना विद्यार्थिहरु विच प्रतिष्प्रधा गराइएको हो ।

chitrakalaकालिका स्वालम्वन सामाजिक केन्द्रको आयोजना भएको उक्त कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले वालवालिका भविष्यका कर्णधार रहेको हुदा वालवालिकालाई सकारात्क कुरा सिकाउनु पर्ने वताए ।वाल दिवशको दिन मात्र नभई अन्य दिन पनि वालवालिकाको हक अधिकारको लागि काम गर्नुपर्नेमा जोड दिए ।

शिवराज नगरपालिकाले वालवालिकको हक हितको लागि गर्नुपर्ने अवस्थामा जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने वताए ।प्रतियोगितामा नेपाल आर्दश माविमा अध्यानरत ममता सुनार प्रथम,वाल ज्योति निमावि विसनपुरमा अध्यानरत प्रियंका चौधरी द्धितिय,शिवराज निमावि मा अध्यानरत गंगा भुजेल तृतिय,समयथान मावि मा अध्यानरत लक्ष्मी गुप्ता सान्तवना स्थान हासिल गरेका छन ।

कालिका स्वालम्वन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिहं रावलको अध्यक्षता शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता र किशोर किशोरी विकाश अधिकृत दिनेश चौधरीको संचालनमा सम्पन्न भएको छ ।