दाङ २९ भदौ । आज राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ । यस अबसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयहरुले अलग अलग कार्यक्रम आयोजना गरेका छन् ।

सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।

देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् । उनीहरुका अनुसार, काठमाडौंमा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै रहेको छ । काठमाडौंसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ ।