भक्तपुर, २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले ललितपुर क्षेत्र नं ३ को राहत संकलन समितिका संयोजक रघुनाथ महर्जनसहितको टोलीले तीन लाख २५ हजार ७८० बुझाएको छ ।
ओली निवास बालकोटमा पुगेर टोलीले एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको प्राकृतिक विपत्ति कोषको खातामा जम्मा गर्ने गरी बाढीपीडितका लागि सो रकम हस्तान्तरण गरेको हो ।
रकम बुझ्दै एमाले अध्यक्ष ओलीले नेपालको जातीय विविधता, भाषिक र साँस्कृतिक विविधतामाथि खेलबाड गरेर देशलाई साम्प्रदायिक द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको बताउँदै द्वन्द्वका पक्षमा रहेकाहरुलाई जनताले निर्वाचनमार्फत परास्त गर्ने जिकिर गर्नुभयो । रासस
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)