काठमाडौं, २८ भदौ । गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रमा ६ महिनाभित्र बाढी प्रतिरोधक घर निर्माण गर्ने गरी योजना निर्माण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आज मंगलबार गृह मन्त्रालयमा आयोजित केन्द्रिय दैवी प्रकोप उद्धार समितिको बैठकमा मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् । बैठकमा उनले भने, ‘तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने ब्यवस्था मिलाएर कम्तिमा ६ महिनामा बाढी प्रभावितलाई पुनस्र्थापना गरिसक्नुपर्छ ।’ मन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा सडकको लेवलसम्म उठाएर घर बनाउने गरी योजना निर्माण गर्न जरुरी रहेको बताए ।
