काठमाडौँ, २८ भदौ । सरकारले चालू आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम ७५३ वटै स्थानीय तहबाट वितरण गर्ने भएको छ ।

inddयसअघि जिल्ला विकास समितिमार्फत स्थानीय तहमा जाने भए पनि यस आवबाट सीधै स्थानीय तहमा सुरक्षा भत्ता पठाइने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरले जानकारी दिए ।

विभागले स्थानीय तहबाट सुरक्षा भत्ता पाउनेको विवरण प्राप्त हुनासाथ रकम पठाउने तयारी गरेको छ ।